थप समाचारमंगलबार, फाल्गुण १, २०६९
कारबाहीमा एघार तालिवानीको मृत्यु
अफगानिस्तानको गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएअनुसार संयुक्त सेनाले जारी राखेको गत २४ घण्टाभित्रको कारबाहीका क्रममा ती तालिवानीको मृत्यु भएको हो ।
यस कारबाहीको क्रममा अन्य नौजना तालिवानी आतङ्ककारी पक्राउ पर्नुको साथै दुई जना घाइते भएको पनि समाचारमा जनाइएको छ । अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिंँदै गर्दा तालिवानी विरुद्धको कारबाहीलाई थप तीव्र पारिएको पनि समाचारमा जनाइएको छ ।
सो कारबाहीको क्रममा विभिन्न हातहतियार कब्जा गरिएको र सुरक्षाबलतर्फ भने कुनै हताहतीको समाचाार नभएको समाचारमा प्रष्ट पारिएको छ ।
सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फिर्ता गरिसक्ने घोषणा यसअघि नै सबै देशले गरिसकेका छन् ।
तर पछिल्लो समयमा नेटो तथा अफगान राष्ट्रिय सैनिकमाथि नै आक्रमणका घटनामा वृद्धि भएको पाइएको छ । त्यसैगरी दिनहुँ जसो तालिवानीले बम विस्फोट गराई सर्वसाधारण नागरिकको पनि हत्या गर्ने गरेका छन् ।
हालैमात्र तालिवानीहरुसँग वार्ताका लागि प्रयास भएको र उनीहरु पनि वार्ताप्रति सकारात्मक देखिएको भनिएको भएपनि कारबाहीको क्रम भने रोकिएको छैन् ।
रासस/सिन्ह्वा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
