थप समाचारमंगलबार, फाल्गुण १, २०६९
सात लाख भन्दा बढीको शल्यक्रिया
अस्पताको ३० औँ वार्षिकोत्सवको अवसरमा अस्पताल परिसरमा आयोजित समारोहमा अस्पताल स्थापनादेखि अहिलेसम्म २४ लाख २८ हजार ७१० जना आँखाका बिरामीको उपचार गरिएको जानकारी दिइयो ।
कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा लीलाराज पुरीले सन् २०१२ मा सबैभन्दा बढी दुई लाख ५६ हजार ३२ जना बिरामीको जाँच गरिएको र त्यसमध्ये ५२ हजार २५५ जनाको शल्यक्रिया गरिएको जानकारी दिए ।
सन् १९८३ स्थानीय स्व छविलाल चौधरी, स्व सरोवरलाल चौधरी र रविन्द्रलाल चौधरीले प्रदान गरेको जग्गामा जर्मनीस्थित सिविएम इन्टरनेसनलको सहयोगमा स्थापना गरिएको आँखा अस्पतालले सन् २०१२ मा एक हजार १०५ जना बालबालिकाको आँखाको शल्यक्रिया गरेको वार्षिकोत्सवमा जानकारी दिइयो ।
वार्षिकोत्सवमा अस्पतालका संस्थापक कार्यक्रम निर्देशक डा अल्ब्रेच्ट हेनिङ् र क्रिष्टिना हेनिङ्लाई दोसल्ला ओढाउँदै मायाको चिनो प्रदान गरिएको थियो ।
मृृत्युपरान्त आँखाको नानी प्रदान गर्ने स्व बिलट चौधरी र किसुनवती ठाकुरका परिवारलाई कदरपत्र दिइएको थियो भने क्याटरेक्ट प्याकेज टुर अपरेटरमार्फत अस्पतालमा भारतबाट उल्लेखनीय बिरामी ल्याउने भारत गोपालगञ्जका श्यामलाल, उत्तरप्रदेश कुशीनगरका विजय वर्मा र रामायण यादवलाई करदरपत्र दिइएको थियो । अहिले सो अस्पताल ५५० शैय्या रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
