Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रातो र निलो सिलिण्डर बजारमा - Himalkhabar.com

थप समाचारमंगलबार, फाल्गुण १, २०६९

रातो र निलो सिलिण्डर बजारमा

सञ्जीव शर्मा

नेपाल आयल निगमले एलपिजी ग्यासको व्यवसायलाई व्यवस्थित बनाएर घरायसी उपभोक्तालाई अनुदान दिने उद्देश्यले सम्पूर्ण ग्यास उद्योगलाई दुई रङका सिलिण्डर प्रयोगमा ल्याउन निर्देशन गरेअनुसार ती सिलिण्डर प्रयोगमा आएका हुन् ।

घरायसी प्रयोजनका लागि रातो सिलिण्डर प्रयोग हुने र उनीहरुले निश्चित रकम अनुदान पाउने छन् भने निलो व्यावसायिक प्रयोजनका लागि भएको हुँदा त्यसबाट अनुदान प्राप्त हुने छैन । सरकारले निगमको वास्तविक लागतका आधारमा दुवै रङका सिलिण्डरको मूल्य एकल कायम गर्ने र चारजनासम्मको परिवारले हरेक महिना प्रति सिलिण्डर अनुदान पाउने छन् ।

कुन–कुन बैंकबाट के कति अनुदान उपलब्ध गराउने भन्ने विषयमा छलफल चलिरहेको निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले बताए । उपभोक्ताले एलपिजी कार्ड र बिक्रेताबाट खरिद गरेको बील सम्बन्धित बैंकमा पेस गरेपछि अनुदान प्राप्त गर्ने छन् । सो अनुदान दुई महिनाभित्रमा लिइसक्नुपर्ने हुन्छ ।

निगमलाई अहिले प्रति सिलिण्डर रु ५८८ घाटा रहेको र एक महिनाअघि (जनवरीमा) एलपिजी ग्यासमा करिब रु ८० करोड घाटा रहेको छ ।

निमित्त कार्यकारी निर्देशक अग्रवालले यो प्रक्रियालाई व्यवस्थित गर्न केही समय लाग्ने भए पनि यसबाट निगमको घाटा कम हुने र उपभोक्तालाई निश्चित रकम अनुदान दिन सहयोग पुग्ने बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>