थप समाचारबुधबार, फाल्गुण २, २०६९
अफगानिस्तानबाट अमेरिकी सेना हटाइनेः ओबामा
भाषणमा उनले भने, “आगामी वर्षबाट अफगानिस्तानबाट ३४ हजार अमेरिकी सैनिक स्वदेश फिर्ता हुनेछन् । हाम्रो मुख्य काम अफगान सैनिकलाई प्रशिक्षण दिनु र आतंकवाद विरोधि अभियानका लागि सहयोग भने जारी नै रहनेछ ।”
अमेरिकी राष्ट्रपतिले आफ्नो भाषणमा मुख्यतः अर्थव्यवस्थामा जोड दिए । उनले सरकारले देशमा विकासलाई पुनः जोड दिने बताए । मध्यम वर्गका लागि राम्रो रोजगारको व्यवस्था गरिने र विग्रेको अर्थव्यवस्थामा सुधार गर्ने उनले वाचा गरेका छन् । ओबामाले भने, “आज, यो घोषण गरौं कि पृथ्वीको सबैभन्दा समृद्ध देशमा पूर्ण समय काम गर्ने कोही पनि गरिबीमा रहनु नपरोस । ”
“जसले मेहनत गर्छन र जिम्मेदारीको निर्वाह गर्छन, उनीहरु अघि बढ्न पाउनु पर्छ, ति जहाँसुकैबाट आएका होउन, जुनसुकै रंगरुपका हुन् अथवा जो कसैलाई चाहुन्,” ओबामाले अगाडि भने, “ यो सरकार केहीका लागि मात्र नभई सबै नागरिकका लागि काम गर्छ र बैयक्तिक पहललाई पुरस्कृत गर्नुका साथै हाम्रो महान राष्ट्रका प्रत्येक बच्चाका लागि अवसरका ढोका खुल्ला गर्छ भन्ने सुनिश्चित गराउनु हाम्रो बाँकी जिम्मेदारी हो ।” उनले बन्दुक र हिंसासम्बन्धी समस्यामा पनि चर्चा गरे ।
प्रतिनिधि सभामा आफ्नो संवोधनमा ओबामाले भने, “म कांग्रेस सदस्यहरुसँग आग्रह गर्छु, घाटा कम गर्न बजेट कटौती र सुधारका मुद्दामा सहयोग गर्नुहोस ।”
सन् २०१४ मा अमेरिकामा चुनाव हुँदैछ र सैनिकहरुलाई फिर्ता बोलाउने मुद्दा सत्ताधारी दलका लागि फाइदा सावित हुनसक्छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
