थप समाचारबुधबार, फाल्गुण २, २०६९

गुल्मी तनावग्रस्त

हिमालखबर

गुल्मी कालिगण्डकी ए प्रभावित जिल्ला भएकोले लोडसेडिङ्गमुक्त जिल्ला घोषणा गरिएको भए पनि तीन महिनादेखि गुल्मीमा अघोषित लोडसेडिङ्ग भएपछि जिल्लावासीहरु आन्दोलनमा उत्रिएका हुन् । तम्घास बजार बन्द गरेर आन्दोलनमा उत्रेका आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरण गुल्मी शाखा तोडफोड गरेका छन् । प्रदर्शनकारीले सिडीओ, डिएसपी लगायतका कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयभित्रै थुनेर बाहिरबाट तोडफोड गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर नाराजुलुस गरेका आन्दोलनकारीलाई हटाउन प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले निर्देशन दिएपछि स्थिति तनावपूर्ण बनेको नेपाली कांग्रेस गुल्मीका उपसभापति भुवन श्रेष्ठले बताए ।
आन्दोलनको क्रममा प्रदर्शनकारीको ढुंगा लागेर प्रहरी निरीक्षक जितेन्द्र बस्नेत र प्रहरी जवान राजकुमार सुनारसहित केही आन्दोलनकारी घाईते भएका छन् । बस्नेतको टाउकोमा तीनवटा टाँका लगाईएको छ । स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ ।

गुल्मी लोडसेडिङ्गमुक्त जिल्ला घोषणा गरीएपनि विद्युत प्राधिकरण शाखा प्रमुख नवलकिशोर गोईतले गुल्मी सरुवा भएर आउनेवित्तिकै गुल्मीमा आपूर्ति भइरहेको विद्युत कटौती गरी बाहिर जिल्लामा दिएको प्रदर्शनकारीको आरोप छ ।

गुल्मीमा अहिले एकदिनमा २० पटकसम्म विद्युत अबरुद्ध हुँदा सर्बसाधारण मर्कामा छन् ।
गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>