थप समाचारबुधबार, फाल्गुण २, २०६९

आँखा प्रत्यारोपण

हिमालखबर

धर्मोदयसभा मध्यपुरथिमि नगर शाखाका आजीवन सदस्य रहेकी मृतक सिंकेमनका आँखाका दुबै नानी तिलगङ्गा आँखा प्रतिष्ठानका प्राविधिकको सहयोगमा कञ्चनपुर निवासी ४९ वर्षीया भट्ट थरकी महिला र भारत निवासी २७ वर्षीय यादव थरकी युवतीमा सफल प्रत्यारोपण गरिएको नगदेश बौद्ध समूहद्वारा प्रकाशित विज्ञप्तिमा उल्लिखित छ ।

समूहका सचिव कृष्णकुमार प्रजापतिले एक विज्ञप्ति प्रकाशित गरी २०५३ सालदेखि हरेक वर्ष निःशुल्क आँखा शिविर र मरणोपरान्त आँखा दानको कार्यक्रम गर्दै आइरहेको र हालसम्म मृत्युपश्चात् आँखा दान गरेका करिब ९१ जनाकोे नानी प्रत्यारोपण गरिसकिएको बताएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>