रमझमबिहीबार, फाल्गुण ३, २०६९

‘भ्यालेण्टाइन्स डे’ अर्थात प्रेम दिवस मनाइँदै

हिमालखबर

नेपालमा पनि युवायुवतीहरुले एकआपसमा उपहार आदानप्रदान गरेर प्रेम दिवस मनाइरहेका छन् । राजधानीको फूल पसल । तस्बीर: ऋषिराम कट्टेल

खासगरी युवायुवतीहरुले एकअर्काबीचको अब्यक्त प्रेमलाई व्यक्त गर्ने अवसरको रुपमा आजको दिनलाई लिने गरेको पाइन्छ । क्याथोलिक र रोमन समुदायका नागरिकले आजको दिनलाई विशेष मायाको पर्वको रुपमा मनाउने गरेको भए पनि बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रेम दिवस विश्वभरमा नै मनाउन थालिएको छ।

भ्यालेण्टाइन्स डे सम्बन्धी एउटा मान्यताका अनुसार हजारौं वर्षअघि रोमका राजा क्लाउडियसले आफ्नो देशमा कुनै पनि सैनिकले विवाह नगरुन भन्ने उर्दी जारी गरेका थिए । सैनिकहरु विवाहबन्धनमा बाँधिएको खण्डमा युद्ध सफल नहुने धारणा राख्ने राजाको आदेशविरुद्व भ्यालेन्टाइन नामका पादरीले धरैको विवाह गराएका थिए । आफ्नो आदेशको विरुद्धमा सैनिकहरुको विवाह गराएकोभन्दै १४ फेब्रुअरीमा पादरीलाई फाँसी दिएको र सोही दिन पादरीले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएको सम्झनामा भ्यालेन्टाइन्स डे अर्थात पे्रम दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि युवायुवतीहरुले एकआपसमा उपहार आदानप्रदान गरेर प्रेम दिवस मनाइरहेका छन् ।  प्रेम दिवसको अवसर पारेर बिभिन्न पार्क, रमणीय स्थानमा गएर युवायुवतीहरु रमाउँछन् भने  िशेषगरी रातो गुलाबको व्यापार गरेर फूल व्यापारीले राम्रो आम्दानी गर्ने गर्छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>