समाचारबिहीबार, जेठ ११, २०६९
एमाओवादीले प्रधानमन्त्री नछाड्ने
एमाओवादी स्थायी समिति वैठकले संविधान जारी नगरी आफ्नो पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पदबाट राजिनामा दिन नहुने निर्णय गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवासमा ११ जेठमा बसेको वैठकले यस्तो निर्णय गरेको स्थायी समिति सदस्य वर्षमान पुनले सन्चारकर्मीलाई जानकारी दिएका छन् । काँग्रेस र एमालेले१० जेठमा प्रधानमन्त्री भट्टराईको राजिनामा मागे लगत्तै माओवादीले यस्तो निर्णय गरेको हो ।
एमाओवादीले काँग्रेस, एमाले, मधेशी मोर्चा र सरकारमा सहभागी साना दलसँग आजै म्याद थपको विषयमा छलफल गर्ने भएको छ । आदिवासी जनजाति, मधेशी, दलित, महिला, मुस्लिम लगायतलाई विश्वासमा नलिई संविधान जारी गर्न नसकिने वैठकले ठहर गरेको पनि पुनले जानकारी दिए । काँग्रेस र एमालेले संघीयता विनाको संविधान जारी गर्न दवाव दिएकाले त्यसविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको पुनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
