समाचारबिहीबार, जेठ ११, २०६९
उपप्रधानमन्त्री सिटौलाद्वारा राजीनामा
कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले पदबाट राजिनामा दिएका छन् । कांग्रेस सभापति सुशील कोइरालामार्फत जेठ ११ गते राजीनामा बुझाएको सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईले हिमालखबरलाई जानकारी दिएका छन् ।
आज दिनको १ बजे बोलाइएको केन्द्रीय समिति बैठकले सरकारबाट फिर्ता हुने र संविधानसभाको म्याद थप गर्न नहुने विषयमा निर्णय नगर्दै सिटौलाले राजीनामा दिएका हुन् । कांग्रेसका अर्का मन्त्री सूर्यमान गुरुङलाई पनि सरकारबाट फिर्ता बोलाइने कांग्रेस केन्द्रीय सदस्य लक्ष्मण घिमिरेले जानकारी दिए । सिटौला र गुरुङ २३ वैशाखमा सरकारमा सहभागी भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>