समाचारबिहीबार, जेठ ११, २०६९

कांग्रेस संस्थापन र देउवाबीच छलफल

saroj dahal

संविधानसभाको म्याद नथप्ने निर्णय गराउने तयारीमा रहेको कांग्रेस संस्थापन पक्षले सर्वसम्मत निर्णयका लागि वरिष्ठ नेता शेरबहादुर देउवा पक्षसँग टोली बनाएर छलफल शुरु गरेको छ । कांग्रेस सभापति सुशील कोइरालाले असन्तुष्ट पक्ष देउवासँग छलफलका लागि जेठ ११ गते तीन जनाको टोली बनाएको हो । टोलीमा रहेका महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्यहरु अर्जुननरसिँह केसी र चन्द्र भण्डारी देउवा निवास बुढानिलकण्ठमा पुगेका छन् ।

कुनै सल्लाह नगरी एकतर्फी रुपमा कांग्रेसका प्रतिनिधि सरकारमा पठाएको भन्दै रुष्ट बनेका देउवा उपप्रधान तथा रक्षामन्त्रीबाट सिटौलाको राजीनामासँगै वार्ताको लागि तयार भएका हुन् । स्रोतका अनुसार सभापति कोइराला पार्टीभित्र विवादित बनेका अन्य विषयमा छलफल गर्दै जाने भन्दै आजको केन्द्रीय समिति बैठकबाट संविधानसभाबारे सर्वसम्मत निर्णय गराउने प्रयासमा छन् ।

हिजोको केन्द्रीय बैठकमा देउवा पक्ष अनुपस्थित हुँदा केही निर्णय हुन सकेको थिएन । आफ्नै पार्टीबाट सरकारमा सहभागी मन्त्रीले म्याद थप्ने प्रस्तावमा सही गरेर आएकाले त्यसको विपक्षमा जान नमिल्ले देउवाको तर्क थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>