रमझमशुक्रबार, फाल्गुण ४, २०६९
सौराहामा फेष्टिभलको रौनक
३ फागुनदेखि चितवनको सौराहामा शुरु भएको तीनदिने चितवन फुड फेस्टिभलमा प्रेमिल जोडीहरुको भीडले फेष्टिभल आफैंमा बैंशालु भएको छ ।
फेष्टिभलमा खानाका विविध परिकारको स्वाद त छँदै छ त्यसमाथि राष्ट्रिय एवं स्थानीय कलाकारको सांगितिक प्रस्तुतीसँगै पर्यटक दौड, घैंटो फुटाई प्रतियोगिता, डोरी तान्ने, गुन्द्रुक ढिडो खाने, मकै भटमास खाने, महिला लस्सी पिउने प्रतियोगिताले फेष्टिभललाई झनै रमाइलो पारिदिएका छन् ।
फेष्टिभलमा आउने जोडीहरुलाई खानाका परिकारका साथै जीप, डुङ्गा, हात्ती सफारीमा विशेष छुट दिईएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन सौराहाको आयोजनामा भएको फेष्टिभल ५ फागुनमा सम्पन्न हुनेछ ।
सविता श्रेष्ठ, चितवन
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
