रमझमशुक्रबार, फाल्गुण ४, २०६९

फेरि बहुला काजीको सपना

हिमालखबर

‘बहुला काजीको सपना’ मा चरम गरिबी र अभावका बीच पनि शिक्षाको उज्यालो फैलाउन चाहने तत्कालिन क्रान्तिकारी पात्रको सपनालाई मार्मिकरुपमा प्रस्तुत गरिएको छ ।

ज्योतिपुञ्ज साइन थियटरको प्रस्तुतीमा काठमाडौं र ललितपुरका विभिन्न प्रेक्षालयहरुमा माघ महिनाभरी मञ्चन भएपछि यो नाटक सर्वनाम नाटकघरमा २९ माघदेखि ३ फागुनसम्म मञ्चन भएको हो ।

शहरमा भरियाको काम गरि गर्जो टार्ने माने र भक्ते जस्ता प्रतिनिधि पात्रले ‘बहुला काजी’ बाट प्रेरणा पाउँछन । बहुलाकाजीको सल्लाहले बालक वीरबहादुरले पढ्न थाल्छ र सबैको आशाको केन्द्र बन्छ । उसले पनि नयाँ सपना देख्न थाल्छ तर, सामान्य ज्वरो आउँदासमेत पैसाको अभावमा उपचार नपाई वीरबहादुर थला परेपछि उज्याला सपनाहरु कसरी भताभुङ्ग हुन्छन् भन्ने तितो यथार्थ यो वियोगान्त नाटकमा देखाइएको छ ।

तस्बीर: ऋषिराम कट्टेल/हिमालखबर

नाटकमा काजी रम्तेल, बिनोद श्रेष्ठ, रमेश दाहाल, लिलामणि पौडेल, अर्चन राई, सुरज अधिकारी, मातृका लम्साल, पूर्ण तामाङ, कुमार शिक्खडा, आदर्श घिमिरे, जीवन विलास आदिले अभिनय गरेका छन् ।

नाट्यकर्मी कृष्ण शाह यात्रीको परिकल्पना तथा निर्देशन रहेको यो सदाबहार वियोगान्त नाटक यसअघि थुप्रै पटक मन्चन भइसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>