रमझमबिहीबार, जेठ ११, २०६९
मुम्बई बाहिरियो, चेन्नईको आशा जीवितै
चेन्नईलाई जिताउन कप्तान धोनीले २० बलमा नटआउट ५१ रनको योगदान दिए । जसमा ६ चौका र २ चौका सामेल छन् । ‘म्यान अफ द म्याच’ धोनीले प्रतियोगिताकै सबभन्दा लामो छक्का ११२ मिटर पनि प्रहार गरे । यस्तै डयन जोन ब्राभोले १४ बलमा ३३ रन जोडे । शुरुको २ ओभरभित्र २ विकेट गुमाएर ४ रनमात्र बनाएको चेन्नईलाई कप्तान धोनी र ब्राभोले सम्हालेका थिए ।
१८८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मुम्बई इण्डियन्सले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४९ रन मात्र बनाउन सक्यो । सचिन तेन्दुलकरलाई पहिलो विकेटका रुपमा ११ रनमा गुमाएको मुम्बईका ड्वेन स्मिथबाहेक कुनै पनि खेलाडीले उल्लेखनीय रन बनाउन सकेनन् । २२ बलमा ३८ रन बनाएका स्मिथ सदाब बसिर जकातीको बलमा रविन्द्र जजेडाद्वारा समातिएपछि मुम्बईको पारी धर्मराएको थियो । त्यसपछि मुम्बईका सशक्त व्याट्सम्यान रोहित शर्मा ११, केइरोन पोलार्ड १६, अम्बाती रायडु ११, दिनेश कार्तिक ६ रनमा आउट भए । मुम्बईका तर्फबाट धवल कुलकर्नीले ३ विकेट लिए भने चेन्नईका एल्वर्टस मोर्केल र ब्राभोले २-२ विकेट बाँडे ।
१२ जेठमा हुने अर्को छनोट खेलमा चेन्नईले फाइनल प्रवेशका लागि दिल्ली डेयरडेभिल्ससँग प्रतिस्पर्धा गर्नेछ ।
अनुराग अधिकारी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
