रमझमशनिबार, फाल्गुण ५, २०६९
काठमाडौंमा कुकुरको सौन्दर्य प्रतियोगिता (फोटो फिचर)
राजधानीको सातदोबाटोस्थित स्वीमिङ कम्प्लेक्समा ५ फागुनमा ‘थर्ड ग्रान्ड डग सो २०१३’ आयोजना भएको छ । प्रदर्शनीमा ल्याइएका विभिन्न जातका कुकुरहरुले सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा समेत गरेका छन् ।
के नाइन डग ट्रेनिङ एन्ड केयरले आयोजना गरेको यो ‘डग सो’ मा धरानका संकु श्रेष्ठको चो–चो जातको लियो नामको कुकुर सर्वोत्कृष्ट ठहरियो ।
त्यस्तै कुकुरहरुको प्रजातिका आधारमा समूह विभाजन गरेर प्रत्येक समूहमा उत्कृष्ट तीन कुकुरहरुलाई पनि पुरस्कृत गरियो । २० प्रजातिका कुकरले प्रतिस्पर्धा गरेको यो प्रतियोगितामा ६५ कुकुर सहभागी भएको आयोजकले जनाएको छ । कार्यक्रममा डग फेसन सो, डग आइटम सो पनि आयोजना गरिएको थियो
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
