रमझमबिहीबार, फाल्गुण १०, २०६९

बहिनीको बोल्ड सिनप्रति सैफ असन्तुष्ट

हिमालखबर

सोहा अली खानले चलचित्र ‘साहब, बिबी और ग्यांग्स्टार रिटर्न्स’ मा इरफान खानसँग बोल्ड सिन दिएपछि दाजु सैफले आपत्ति जनाएका हुन् ।

तिग्मांशु धुलियाद्वारा निर्मित यसै चलचित्रको पहिलो भाग ‘साहब, बिबी और ग्यांगस्टारमा’ धुलियाले माही गिललाई पनि बोल्ड सिनमा प्रस्तुत गरेका थिए र बोल्ड सिनका कारण पनि त्यो चलचित्रले चर्चा पायो । अहिले त्यसकै सिक्वेलका रुपमा आएको ‘साहब, बिबी और ग्यांग्स्टार रिटर्नस’ मा पनि बोल्ड सिनका कारण सोहाले चर्चा पाउने भएकी छन् ।

प्राप्त जानकारी अनुसार तिग्मांशुले बुलेट राजा नामक चलचित्रको सुटिंगका बेला सैफलाई साहब, बिबी और ग्यांग्स्टार रिटर्न्सका केही सिन देखाएका थिए । जसमा आफ्नी बहिनीले इरफान खानसँग दिएको केही अन्तरंग दृश्यहरु उनलाई मन परेन ।

‘साहब, बिबी और ग्यांग्स्टार रिटर्न्स’ मा जिमी शेरगिल, माही गिल, इरफान र सोहा प्रमुख भूमिकामा देखिने छन् । यो चलचित्र ८ मार्चमा रिलिज हुँदैछ ।
एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>