समाचारशुक्रबार, फाल्गुण ११, २०६९
प्रधानन्यायाधीशलाई नेतृत्व दिए बारले आन्दोलन गर्ने
तीन प्रमुख दलहरु र मधेशी मोर्चाका नेताहरुसँग ११ फागुनमा छलफल गरेका बारका पदाधिकारीहरुले न्यायपालिकाका प्रमुखलाई कार्यंपालिका प्रमुख बनाउनु संविधानवाद, शक्ति पृथकीकरण र लोकतान्त्रिक मान्यताका विरुद्ध पनि हुने र त्यसले मुलुक निरंकुशतातर्फ जाने भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
मन्त्रिपरिषदको सचिवालय सिंहदरबारमा भएको छलफलपछि नेपाल बार एशोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिनु अन्तरिम संविधानको प्रस्तावनाको समेत विपरित हुने र मुलक थप जटिलतातर्फ धकेलिने बताए । उनले प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिए देशभर रहेका बारका ८६ वटै इकाइले आन्दोलन गर्ने चेतावनी दिए ।
छलफलमा सहभागी एमाले नेता रघुजी पन्तले बारका पदाधिकारीले संविधानको भावना विपरीत जान नहुने सुझाव दिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>