Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फिल्म चलाउन झुटमाथि झुट - Himalkhabar.com

रमझमबिहीबार, जेठ ११, २०६९

फिल्म चलाउन झुटमाथि झुट

Rishiram Kattel

शायदका निर्देशक सुरज सुब्बा नाल्बो फिल्म छायाङनका क्रममा ।

शायद फिल्म बिक्रीका लागी मध्यस्थकर्ता भनिएका निर्माता तथा वितरक टिकम शर्माले निर्माता सुनिल रावलको दाबी गलत भएको सार्वजनिक गरिदिएपछि एउटा झुटको पोल खुल्यो । निर्माण पक्षले फिल्म चलाउन झुटको खेती गरे पनि शायद फिल्म हल्ला गरे जस्तो चलेन । यसबाट पनि नेपाली फिल्म क्षेत्रमा काम गर्ने भन्दा गफ गर्नेको जमात ठूलो भएको प्रमाणित भएको छ ।

फिल्म बनाएपछि वा बनाउनुअघि अनेक हत्कण्डा गर्न पछि नपर्ने निर्माता निर्देशकहरु पनि बिस्तारै नांगिन थालेका छन । यद्यपि हावादारी गफ गर्न छोडेका भने छैनन् । सायद फिल्मका निर्माण पक्षले स्क्रिप्ट मात्रै हैन फिल्म नै बंगाली र हिन्दी भाषामा पुनः निर्माण गर्न लागेको भनेर ७ महिनाअघि पत्रकार सम्मेलन नै गरेका थिए । यसका निर्देशक सुरज सुब्बा नाल्बोले शायदको रिमेकमा बलिउडका अभिनेता जैकी श्राफले समेत अभिनय गर्न लागेको हावादारी गफ दिएका थिए । सम्झौता भएको भनिएको ७ महिना बित्दा पनि बंगाली र हिन्दी भाषामा बन्ने चर्चा कतै छैन ।

यस्तो झूटो हल्ला गरेर प्रचार गरिएको शायद राजधानीका हलमा प्रर्दशन भएपछि फिल्म पनि निर्माता र निर्देशककै गफ जस्तो नयाँ बोतलमा पुरानै रक्सी भएको प्रतिक्रिया दर्शक र समीक्षकबाट आइरहेको छ । प्रोमो र पोष्टरमा नयाँपन दिएकै भरमा आफंैले बनाएको फिल्म बाटोमुनिको फुल भन्दा १० गुणा राम्रो भएको निर्देशक नाल्बोले दाबी गरे पनि शायदको प्रदर्शनपछि आएको प्रतिक्रिया सकारात्मक देखिएको छैन् । सिलगुडीमा रहेका टिकम शर्माले नाल्बोले आफूहरुलाई कथा सुनाएर पेश्की रकमसमेत लिएको फेसबुक नामक फिल्म अरुलाई नै बेचेर बेइमानी गरेको आरोपसमेत लगाएका छन् ।

नेपाली फिल्म क्षेत्रमा यस्तो झुटको खेती गरेर चर्चामा आएका र आउन खोज्नेहरु धेरै छन् । आगामी दिनमा तिनीहरुको पोल खुल्दै जाने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>