रमझमआइतबार, फाल्गुण १३, २०६९
समर लभकी साया
प्रणय दिवश भ्यालेण्टाईन डे को पुर्व सन्ध्यामा बजारमा समर लभ सार्वजनिक भएपछि धेरैले फोन गरेर उपन्यासकी साया तिमी नै हो भनेको प्रिन्सा बताउँछिन् । भन्छिन् “पुस्तकको कभरमा आएपछि मैले त नयाँ नाम नै पाए ।”
तन्नेरी पुस्ताको पढाई, प्रेम, यौन, विछोड, विदेश पलायन आदी विषय समेटीएको समर लभ भर्खरै पढेकी प्रिन्सा अधिकांश युवाले भोगेको घटना समेटीएको बताउँछिन् । प्रेम र सेक्सप्रति सायाको दृष्टिकोण उदार छ । प्रिन्साको नि ? उनको उत्तर छ, “उपन्यास वियोगान्त पनि छ, तर मेरो जीवन त ह्याप्पी चलिरहेछ !”
फाइन प्रिण्टले बजारमा ल्याएको उपन्यास सुविन भट्टराईले लेखेका र आवरण ‘फोटो शूट’ किशोर कायस्थले गरेका हुन् । काठमाडौं बालाजुकी यी मिस टीन कलेज २००८ विजेता मोडलिङमा सक्रिय हुन थालेको पाँच महीना मात्रै हुँदैछ । यसबीचमा एक दर्जन रयाम्प मोडलिङ र केही पेपर एड गरेकी उनलाई म्युजिक भिडियो, फिल्म अभिनयमा भने रुचि छैन । उनी भन्छिन्, “टीनएज पार गरेपछि मोडलिङमा आएँ, यही क्षेत्रमा अझ राम्रो गर्छु ।”
शब्दः अनुशील
तस्वीरः किशोर कायस्थ

उपन्यास समर लभ को कभर गर्ल प्रिन्सा श्रेष्ठ (२०) लाई धेरैले ‘साया’ भन्न थालेका छन् । तस्वीरः किशोर कायस्थ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
