रमझमसोमबार, फाल्गुण १४, २०६९
फिल्म ‘आर्गो’ ओस्कारमा सर्वोत्कृष्ट
८५ औं ओस्कार अवार्ड समारोहमा सर्वश्रेष्ठ अभिनेता ड्यानियल डे लुइस र जेनिफर लरेन्सले सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार हात पारे ।
ड्यानियलको यो तेस्रो बेस्ट एक्टर अवार्ड हो भने २२ वर्षीया जेनिफरको पहिलो । जेनिफरले ‘सिल्भर लाइनिङ प्लेबुक’का लागि यो अवार्ड हात पारेकी हुन् । त्यसैगरी स्टेभेन स्पिलबर्गको फिल्म ‘लिंकन’ का लागि ड्यानियलले बेष्ट एक्टर घोषित भएका हुन् ।
त्यसैगरी क्रिस्टोफर वाल्ट्जले ज्याङ्गो अनचेन्डका लागि सर्वश्रेष्ठ सह अभिनेताको पुरस्कार पाए भने सर्वश्रेष्ठ सह अभिनेतृ ‘लेस् मिजरेबल’की एन्नी हाथवेले प्राप्त गरिन् ।
फिल्म ‘लाइफ अफ पाइ’का लागि आंग लीले सर्वश्रेष्ठ निर्देशकको अवार्ड जिते । भारतीय कलाकारहरु संलग्न चर्चित फिल्म ‘लाइफ अफ् पाइ’ले सिनेमेटोग्राफी र भिजुअल इफेक्ट समेत गरी तीनवटा ओस्कार हात पारेको छ ।
त्यसैगरी विदेशी भाषामा निर्मित सर्वश्रेष्ठ फिल्मको अवार्ड अस्ट्रियाको फिल्म ‘अमोर’लाई दिइएको छ ।
ओस्कार अवार्ड २०१३:
उत्कृष्ट फिल्म: आर्गो
उत्कृष्ट निर्देशक: आङ्ली (लाइफ अफ पाइका लागि)
उत्कृष्ट अभिनेता: ड्यानियल डे लेविस (लिंकन फिल्ममा गरेको अभिनयका लागि)
उत्कृष्ट अभिनेत्री: जेनिफर लरेन्स (सिल्भर लिनिंग प्लेबुकमा गरेको अभिनयका लागि)
उत्कृष्ट सह अभिनेता: क्रिस्टोफर वाल्ज (ज्याङ्गो अनचेन्डमा गरेको अभिनयका लागि)
उत्कृष्ट सह अभिनेतृ: एन्नी हाथ्वे (लेस मिजरेबलमा गरेको अभिनयका लागि)
उत्कृष्ट विदेशी भाषाको फिल्म: अमोर
बेस्ट एनिमेटेड फिल्म: ब्रेभ
ओरिजिनल स्क्रिनप्ले: क्वेन्टाइन टेरेन्टिनोको ज्याङ्गो अन्चेन्ड
बेस्ट एडप्टेड स्क्रिनप्ले: आर्गो
बेस्ट सिनेमाटोग्राफी: क्लाउडियो मिरान्डाको लाइफ अफ पाई