रमझममंगलबार, फाल्गुण १५, २०६९
नेहा बजाज भईन् मिस पूर्वाञ्चल
प्रमुख निर्णायक नागरिकका सम्पादक किशोर नेपालले नयाँ नेपाल बनाउन मूख्य तीनवटा काम के हो ? प्रश्नको उत्तर दिँदै उनले सोमबार साँझ धरानको सभागृहमा सम्पन्न मिस पूर्वाञ्चलको ताज पहिरिएकी हुन् । उनले १३ युवतिलाई पछि पार्दै मिस पर्सानलिटीको टाइटल विजेता समेत बनिन् । ताज पहिरिएपछि उनले भनिन ‘केही टाइटल जित्छु भन्ने सोचेको थिएँ तर, उपाधि नै जितुला जस्तो लागेको थिएन ।’
उपाधिसँगै नेहाले टिभिएस स्कुटी र ललितपुरको एसियन कलेज अफ मेनेजमेन्टमा तीनवर्षको छात्रवृति पाइन् । त्यस्तै धरानकै एलिसा श्रेष्ठ फष्ट रनरअप साथै मिस ट्यालेन्टको उपाधिसमेत जितिन् । दमककी वर्षा राई सेकेण्ड रनर अप भइन् । फष्ट रनर अप एलिसाले नगद ३५ हजार, सेकेण्ड रनर अप वर्षाले नगद २५ हजारसहित एसियन कलेजमै तीनवर्ष एकवर्षको छात्रवृति पाएका छन् । ताज विजेता नेहालाई मिस पूर्वाञ्चल २०१२ की ताज विजेता अस्मिता गुरुङले ताज पहिर्याएकी थिईन् ।
फाइनलमा नेपालका चर्चित गायक राजेश पायल राई, एपि शेर्पालगायतले गीत प्रस्तुत गरेका थिए ।
-सोहन श्रेष्ठ, धरान