समाचारशुक्रबार, जेठ १२, २०६९
१४ जेठ भित्रै संविधान- तीन दल
प्रमुख तीन दलका नेताहरुले विवादित विषय थाँती राखेर भए पनि १४ जेठ भित्रै नयाँ संविधान जारी गर्ने सैद्धान्तिक सहमति गरेका छन् । सर्वोच्च अदालतले संविधानसभाको म्याद थपको विपक्षमा अन्तरिम आदेश जारी गरेको भोलिपल्ट बसेको एमाओवादी, नेपाली कांग्रेस र एमालेको बैठकले यस्तो निर्णय गरेको हो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवासमा जेठ १२ गते बसेको बैठकले सहमति भएका विषयलाई एकत्रित गरी संविधान बनाउने निर्णय गरेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । संविधान संघीयता सहितकै आउने तर तत्काल मिल्न नसक्ने विषयलाई रुपान्तरित संसद्ले मिलाउने पौडेलको भनाइ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>