Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चिनियाँ विमान कम्पनीले काठमाडौंमा उडान थप्ने - Himalkhabar.com

अर्थ/बजारशुक्रबार, फाल्गुण १८, २०६९

चिनियाँ विमान कम्पनीले काठमाडौंमा उडान थप्ने

हिमालखबर

उडान थप गर्नका लागि चीन सरकारको आग्रहमा नेपाल सरकारले चीनसँगको हवाई सेवा सम्झौता पुनरावलोकन गर्ने भएको छ । नेपाल–चीन हवाई सेवा सम्झौता पुनरवलोकन वार्ता चाँडै नै हुने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए ।

चीनसँगको हालको हवाई सेवा सम्झौताअनुसार चीनबाट सातामा १६ उडान हुँदै आएका छन् । चिनियाँ विमान कम्पनीहरू एयर चाइनाले सात, चाइना इस्टर्न एयरलाइन्सले चार र चाइना साउदर्नले यहाँ हप्तामा तीन उडान गर्दै आएका छन् ।

नेपाल आउन चाहने चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै चीनले थप उडानका निम्ति मौजूदा हवाई सेवा सम्झौता पुनरवलोकनका लागि सरकारसँग आग्रह गरेको हो ।

अघिल्लो वर्षको जनवरीमा ६ हजार ६ सय ३१ चिनियाँ पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए भने यो वर्षको सोही महिनामा तीन हजार नौसय ५८ पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुलुक भित्रिएका थिए । पर्याप्त हवाई सेवा नहँुदा चिनियाँ पर्यटक आगमनमा कमी आएको पर्यटन व्यवसायीहरूको कथन छ ।

चीनले प्रतिसाता कम्तीमा १० उडान थप गर्न सरकारसँग प्रस्ताव गरेको छ । नेपाल आउने पर्याप्त उडान नहँुदा चिनियाँ पर्यटक वैकल्पिक गन्तव्यतिर लाग्न बाध्य भएका छन् ।

द्रुत आर्थिक विकास गरेको चीनले नेपाललाई बाह्य पर्यटक गन्तव्य मुलुकको रूपमा स्वीकृति प्रदान गर्नुका साथै नेपाललाई नवौं बाह्य गन्तव्य देशको सूचीमा राखेको छ ।

पाँच दशकदेखि विश्वका विभिन्न मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्दै आएको नेपालले हालसम्म ३६ देशसँग त्यस्तो सम्झौता गरिसकेको छ । मन्त्रालयका अनुसार अस्ट्रेलिया, अमेरिका, संयुक्त अधिराज्य, कम्बोडिया, इण्डोनेसिया, रुसी महासङ्घले नेपालसँग हवाई सेवा सम्झौताको प्रस्ताव गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>