समाचारशुक्रबार, जेठ १२, २०६९
सहमति गर्न प्रमुख दललाई राष्ट्रपतिको सुझाव
राष्ट्रपति प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार, संविधानसभाको म्याद सकिन तीन दिनमात्रै बाँकी रहेको अवस्थामा पनि दलहरु बीच सहमति नहुदा १४ जेठपछिको अवस्थाबारे अन्योल भएको भन्दै दलहरुको धारणा बुझ्न नेताहरुलाई बोलाइएको थियो ।
भेटमा राष्ट्रपति डा. यादवले दलहरुबीच सहमतिको विकल्प नभएकाले तोकिएकै मितिमा सहमतिको संविधान जारी गर्न सुझाव दिए । तीन दिन मात्रै बाँकी भएको संविधानसभाको म्याद र दलहरुको बीचमा नभइरहेको सहमतिले थप अन्योल सिर्जना गरेको बेलामा भएको राष्ट्रपति र शिर्ष नेताहरुको भेट फलदायी हुने विश्वास गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
