रमझमशनिबार, फाल्गुण १९, २०६९

नयाँ स्क्रीनमा पुराना फिल्म

हिमालखबर

‘चश्मे बद्दुर’ ५ अप्रिलमा रि-रिलिज हुँदैछ ।

८० को दशकका भारतीय फिल्म ‘सलाम बम्बे’ र ‘चश्मे बद्दुर’ फेरि थियटरमा आउने भएका छन् ।

यसअघि पनि केही फिल्म सिनेमा हलमा आफ्नो जादू चलाउन पुगेका थिए जस्तैः ‘मुग्ले आजम’ ‘हम दोनों’ र ‘जाने भी दो यारों’
अचेल जहाँ बलिउडमा एउटा फिल्मले एक अर्ब कमाउने सपना देख्छ, यस्तोमा यी पुराना फिल्महरु पुनः रिलिज गर्दा यिनले कस्तो व्यवसाय गर्लान ?

पैसा कमाउनु उद्देश्य होइन
‘जाने भी दो यारों’ को निर्माता कम्पनी एनएफडीसीका जनरल म्यानेजर विक्रमादित्य राय भन्छन, “ पहिलो कुरो त जुन फिल्म रि–रिलिज हुन्छन तिनको रिकल भ्याल्यू हुन्छ, त्यस्ता फिल्मसँग केही सम्झना गाँसिएका हुन्छन, त्यसैले ति फिल्महरु रि–रिलिज गरिन्छन् र जसै फिल्म थियटरमा पुग्छन दर्शकहरुलाई आफ्ना त्यसबेलाका विशेष कुराहरु पुनःस्मरण गराउँछन् ।”

विक्रमादित्यका अनुसार उनी फिल्मलाई पैसाको दृष्टिकोणबाट मात्रै हेर्दैनन् । उनी भन्छन, “यो फिल्मको ब्राण्ड भ्याल्यूलाई झनै बलियो पार्ने कोशिस पनि हो । जब यि फिल्महरु पहिलो पटक रिलिज भएका थिए त्यसबेला दर्शकहरुसँग टिभी च्यानल, डिभिडी, डिटिएच जस्ता मञ्च थिएनन् तर, अब यी रिलिज भएपछि पुराना र नयाँ दर्शकहरुका साथ एक पटक फेरि व्यवसाय गर्ने अवसर पनि मिल्छ । ”

मिरा नायरको फिल्म 'सलाम बम्बे' २२ मार्चमा पुन: रिलिज गरिंदैछ ।

रि–रिलिज क्लासिक फिल्मका प्रशंसकहरुको लिस्टमा नयाँ नाम जोडने प्रयास पनि भएको उनी बताउँछन् ।

रि–रिलिज धेरै किन हुँदैनन् ?
९० को दशकमा फिल्म पुनः रिलिज गर्ने होड नै चलेको थियो तर त्यो धेरै समय टिकेन । विक्रमादित्यका अनुसार हरेक साधारण फिल्मलाई रि–रिलिज गर्न सकिंदैन । फिल्मसँग केही विशेष प्रतिष्ठा गाँसिएको हुनुपर्छ, केही विशेष कुरा हुनु पर्छ र यस्ता फिल्महरु दोस्रो पटक रिलिज गर्ने क्रम बढ्नु पर्छ ।

आजका युवा दर्शक धेरै समझदार भइसकेको विक्रमादित्यको बुझाइ छ । उनीहरुलाई केही पनि साधारण देखाउन सकिंदैन । थियटरमा गएर हजार रुपैयाँ खर्च गर्नुको केही कारण त हुनै पर्छ ।

यसै पनि अहिलेको जमानामा फिल्मको टिकट र पपकर्न दुवै महँगा भएका छन्, फिल्मको पैसा असुल हुनु जरुरी छ, त्यो चाहे नयाँ होस वा पुरानो ।

मीरा नायरको ओस्कार मनोनयनमा परेको फिल्म ‘सलाम बम्बे’ २२ मार्चमा रिलिज हुँदैछ भने फारुख शेख–दीप्ति नवलको ‘चश्मे बद्दुर’ ५ अप्रिलमा प्रदर्शनमा आउने छ ।

बीबीसी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>