Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विकास भए मिस्टर पूर्वाञ्चल - Himalkhabar.com

खेलकुदआइतबार, फाल्गुण २०, २०६९

विकास भए मिस्टर पूर्वाञ्चल

हिमालखबर

विकास धिमाल दोस्रो पटक मिस्टर पूर्वाञ्चल बनेका छन् ।

१९ फागुनमा धरानमा आयोजना भएको ‘चौथो मिस्टर पूर्वाञ्चल प्रतियोगिता’ दमक एआरो जिमका विकास धिमालल जितेका छन् । ओभरअल राउण्डबाट ७० केजी तौल समूहका विकासले ४ जना प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेका हुन् । उनी दोस्रो पटक मिस्टर पूर्वाञ्चल बनेका हुन् ।

एलाइनेट जिमको आयोजनामा धरानको सभागृहमा सम्पन्न प्रतियोगितामा धरान फिजिकल फिटनेसका सुमन श्रेष्ठ दोस्रो र फिटनेस फ्याक्ट्री धरानका भरत राई तेस्रो भएका छन् । त्यस्तै चौथो शिवशक्ति जिम विराटनगरका रवि राजवंशी र पाँचौ एलाइनेट जिम धरानका चेतनकुमार लिम्बू भएका छन् ।

उपाधि विजेता विकासले नगद ३५ हजारसहित मिष्टर पूर्वाञ्चलको ट्रफी हात पारे । त्यस्तै दोस्रो तेस्रो, चौथो र पाँचौंले क्रमशः नगद १५ हजार, १० हजार, ८ हजार र ७ हजारसहित ट्रफि प्राप्त गरेका छन् ।

धिमालले २०६७ मै मिस्टर मोरङ र मिस्टर कोशी जितेका थिए भने २०६८ मा मिस्टर कोशी र पूर्वाञ्चल जितेका थिए । त्यसैगरी चौथो मिस्टर हिमालयमा ७० केजी तौल समूहमा उनी तेस्रो भएका थिए । “जित्छु नै भन्ने कन्फर्म थिएन् तर, जितपछि अन्त्यन्तै खुशी छु,” उनले भने ।

विजेताहरुलाई पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष किरण राई, एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बू, प्रमुख निर्णायक पुष्प श्रेष्ठले नगद तथा ट्फि प्रदान गरे ।

५५ केजी तौलसमूहबाट विजेता बन्दै रवि राजवंशी ओभरअल राउण्डमा प्रवेश गरेका थिए । त्यस्तै ६० केजी तौल समूहबाट सुमन श्रेष्ठ, ६५ केजी तौल समूहबाट भरत राई, ७० केजी तौल समूहमा विकास धिमाल, ७५ केजी तौल समूहमा चेतनकुमार लिम्बू विजेता बन्दै ओभर अल राउण्डमा प्रतिस्पर्धा गरेका थिए ।

सोहन श्रेष्ठ, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>