रमझमशुक्रबार, जेठ १२, २०६९
‘तागाधारी होस् या सेता मगुराली…’ सद्भाव फैलाउने उत्कृष्ट राष्ट्रिय गीत
सदियौंदेखिको जातीय सद्भाव बिथोलिने हो कि भन्ने आशंका बढिरहेको बेला विविसी नेपाली सेवाले रिपोर्टिङमा समेटेको तागाधारी होस या त सेतामगुराली… राजेशपायल राईले गाएका हुन् भने यसका सर्जक र संगीतकार क्रमशः बुद्धवीर लामा र चन्द्रकुमार दोङ हुन् । आफूले गाएको राष्ट्रिय सद्भावनाको गीतलाई स्रोताको रुचिका आधारमा विविसीले उत्कृष्ट मानेकोमा गर्व लागेको राजेशले बताए । कार्यक्रममा बजेका अन्य चार गीतमा ‘नेपाली हामी रहुँला कहाँ…’, ‘पश्चिम कोही पूर्व घर…’, ‘पहाडमा जाडो बढे तराइले सेक्नुपर्छ…’ र ‘हर रात सपनीमा नेपाल देख्न पाउँ…’ सहित ५ राष्ट्रिय गीतलाई उत्कृष्ट मानेको छ ।
तागाधारी होस् या त सेता मगुराली … हिमाल खबरपत्रिकाको प्रस्तुति रहेको मेन इन नेपाल एल्वममा संग्रहित छ । गीतको पुर्ण पाठ:
तागाधारी होस् या त सेता मगुराली जे भएनि मायालु म त नेपाली
म त नेपाली हो म त नेपाली मायालुलाई माया गर्ने म त नेपाली
नेपालीलाई माया गर्ने म त नेपाली
जुट्ने र फुट्ने फुट्ने र जुट्ने खेल कति खेल्ने
आफ्नैबीच लुट्ने र भुट्ने खेल कैले रोक्ने
आदिवासी हो या त पहाड तराइवासी जे भएनि मायालु म त नेपाली
नेपालीलाई माया गर्ने म त नेपाली
आपसमा हिलो छ्यापाछ्याप गरे, पराइले हेप्छन् नि
आआफ्नै दुनो सोझ्याई रहे, देश गरीब हुन्छ ती
नजजाति होस् या त दलित पीडित जाति, जे भएनि मायालु म त नेपाली
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
