रमझमआइतबार, फाल्गुण २०, २०६९
अर्को जन्ममा पत्रकार बन्ने अमिताभको इच्छा
पत्रकारहरु परिणामको वास्ता नगरी बिना कुनै डर आफ्ना कुरा राख्न सक्छन् भन्ने अमिताभको बुझाई छ ।
अमिताभले आफ्नो टि्वटर अकांउटमा लेखेका छन्, ” म अर्को जन्ममा निश्चित रूपले पत्रकार बन्न चाहन्छु, ताकि म परिणामको परवाह नगरी बिना कुनै डर आफ्ना भावनाहरु व्यक्त गर्न सकुँ ।”
७० वर्षीय बलिउड नायक अमिताभ प्रकाश झाको राजनीतिक थ्रिलर ‘सत्याग्रह- डेमोक्रेसी अंडर फायर’ का लागि भोपालमा शूटिंग गरिरहेका छन् । उनले भने, “प्रकाश झा जुन रफ्तारमा फिल्मको शूटिंग गरिरहेका छन्, त्यो आश्चर्यजनक छ तर, त्यो भन्दा राम्रो कुरा उनलाई आफ्नो कामको बारेमा राम्रो जानकारी छ ।”
अमिताभ बाहेक फिल्ममा अजय देवगन, करीना कपूर, अर्जुन रामपाल र मनोज बाजपेयी पनि महत्वपूर्ण भूमिकामा छन् ।
एजेन्सी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>