रमझमआइतबार, फाल्गुण २०, २०६९

किम्फका चलचित्रहरु पाल्पामा प्रर्दशन हुने

हिमालखबर

किम्फ २०१२ को उत्कृष्ट चलचित्र 'हु वील बी अब गुर्खा' को दृष्य

किम्फ २०१२ का उत्कृष्ट फिल्महरु २५ र २६ फागुनमा तानसेन नगरपालिका हलमा प्रर्दशन गर्न लागिएको हो । तानसेनमा २० फागुनमा आयोजित पत्रकार सम्मेलनमा किम्फका संयोजक बसन्त थापाले हिमाल एसोशिएसनको आयोजनामा काठमाण्डौंमा भएको फिल्म फेस्टिभलमा उत्कृष्ट भएका १३ भन्दा बढी चलचित्रहरु प्रर्दशन गरिने बताए ।

संयोजक थापाले चलचित्रले मनोरञ्जन मात्र नभएर शिक्षा, ज्ञान र सूचना समेत समेट्ने भएकाले किम्फका उत्कृष्ट चलचित्रहरु प्रर्दशन गर्न लागेको जानकारी दिए । ‘घुम्ती किम्फ’ अन्र्तगत तानसेनमा हुन लागेको चलचित्र प्रर्दशनीलाई शान्ति र विकासका लागि युवा, परिकल्पना पहल, तेक्वान्दो डोजाङ र युथ एक्सन पाल्पाले सघाउने आयोजक मध्येका गुराँस आत्रेयले बताए ।

दुई दिनसम्म चल्ने प्रर्दशनीमा बिहान ११ बजे, दिउसो १ र ३ बजे गरि तीन चरणमा फिल्म देखाइने छ । फिल्म हेर्ने विद्यार्थीले १० रुपैयाँ र अन्यले २० रुपैयाँको टिकट काट्नु पर्नेछ ।

‘घुम्ती किम्फ’ रुपन्देहि, गुल्मी र स्याङजा पनि पुग्ने बताइएको छ ।
देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>