समाचारशनिबार, जेठ १३, २०६९
सहमतिबाटै विवादको हल खोजिने, चारै दल सहमति नजिक
प्रधानमन्त्री कार्यालय सिङ्हदरबारमा १२ जेठ साँझ भएको बैठकमा मोर्चासहित तीन दलका शीर्ष नेताहरूले प्रदेशहरूको नामाङ्कन, सिमाङ्कनलगायत विवादित सबै विषयमा सहमति कायम गर्ने दृढता व्यक्त गरेका थिए । राज्य पुनःसङ्रचना र शासकीयस्वरूपबारे आपसी सहमति जुटाउन एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रमुख नेताहरूले १३ जेठ सम्ममा जसरी पनि निकास निकालेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी एनेकपा (माओवादी) का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दिएका छन् ।
नेकपा एमालेका नेता भीम रावलले आजको निर्णायक बैठकले निकास दिन नसक्ने बताए । उनका भनाईमा प्रदेश सिमाङ्कन तथा नामाकङ्नलगायतका विषयमा रूपान्तरित व्यवस्थापिका सङ्सद वा प्रादेशिकसभाले टुङ्गो लगाउनेमा चारैदल सहमतिको नजिक पुगिसकेका छन् ।
यसअघि १२ जेठमा मोर्चासहित प्रमुख तीन दलका नेता सम्मिलित दुईवटा बैठक भएका थिए भने दलका शिर्ष नेताहरुले राष्ट्रपति रामवरण यादवसँग १४ जेठमै सहमतिय संविधान जारी गर्नेबारे परामर्श गरेका थिए ।