Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालले छनौट चरण पार गर्ने सम्भावना न्यून - Himalkhabar.com

खेलकुदसोमबार, फाल्गुण २१, २०६९

नेपालले छनौट चरण पार गर्ने सम्भावना न्यून

हिमालखबर

राजधानीस्थित दशरथ रंगशालामा २१ फागुनमा बंगलादेशसँग २–० गोलले हारेपछि नेपालले महत्वपूर्ण तीन अंक गुमाएको हो ।

यसअघिका खेलमा घरेलु मैदानमा तुलनात्मक रुपमा राम्रो प्रदर्शन गर्दै आएको टीम नेपालले बंगलादेशसँगको खेलमा दर्शकलाई निराश बनाए । खेलको २७ औं मिनेटमा रेफ्रीले दिएको विवादस्पद पेनाल्टी गोलमा परिणत भएपछि नेपाल ०–१ ले पछि पर्यो । खेलको ५७ औं मिनेटमा बंगलादेशले अर्को गोल गरेर अग्रता दोब्बर बनायो ।

१९ फागुनमा नर्दन मेरियाना आइल्याण्डलाई ६–० ले पराजित गरेको नेपाल र बंगलादेशले दुई/दुई खेलबाट समान तीन अंक जोडेका छन् । दुई खेलबाट छ अंक जोडेको प्यालेष्टाइन समूहको अग्रस्थानमा छ । नर्दन मेरियानाले भने खाता खोल्न सकेको छैन ।

आजै भएको अर्को खेलमा प्यालेष्टाइनले नर्दन मेरियानालाई ९–० को विशाल अन्तरले पाखा लगाएको थियो । समूहमा सबै भन्दा बलियो प्रतिद्वन्द्वी प्लेष्टाइनसँग नेपालको भेट २३ फागुनमा हुँदैछ । प्यालेष्टाइनलाई पराजित गरे मात्रै नेपालको छनौट चरण पार हुने सम्भावना जीवित रहन्छ ।

समूह विजेता टीम सन् २०१४ मा माल्दिभ्समा हुने एएफसी च्यालेन्ज कपका लागि छनौट हुन्छ । समूह ए, बि, सि र डिका उपविजेता मध्ये शीर्ष दुई टीमले पनि च्यालेन्ज कप खेल्न पाउने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>