रमझममंगलबार, फाल्गुण २२, २०६९

छड्के टिमको हात्ति पीडितलाई सहयोग

हिमालखबर

ध्रुवे हात्तीको आक्रमणबाट ज्यान गुमाएका बोटे दम्पत्तिका परिवारलाई भर्खरै रिलिज भएको नेपाली चलचित्र ‘छडके’ टिमले सहयोग गरेको हो ।

गत २९ मंसीर राति हात्तिको आक्रमणबाट ज्यान गुमाएका माडी गर्दी –९ का ६५ वर्षीय बुद्धिराम र ५५ वर्षीय जरिया बोटेको परिवारलाई छड्के टिमले २५ हजार रुपैयाँ सहयोग गरेको छ । ।

टिमले फिल्ममा विन्दु चरित्रको रोल गर्ने बालकलाकार सन्तोष परियारलाई पनि २५ हजार रुपैयाँ प्रदान गरेको छ । प्रकृतिका विषयमा निर्माण गरिएको चलचित्रबाट हात्ति पीडित परिवारलाई सहयोग गर्न पाएकोमा निर्देशक निगम श्रेष्ठले खुशी व्यक्त गरे ।

नेपाल विद्यार्थी संघ, वीरेन्द्र बहुमुखी क्याम्पस ईकाई समितिले आयोजना गरेको कार्यक्रममा चलचित्रका कलाकारहरुले दर्शकसँग अन्तत्र्रिmया पनि गरे । कार्यक्रममा कलाकार दयाहाङ राई, विपिन कार्कीले मनतब्य राखेका थिए ।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>