रमझमबिहीबार, फाल्गुण २४, २०६९

कति गाह्रो हुन्छ निर्वस्त्र अभिनय

हिमालखबर

धेरै पहिलेदेखि नै अन्तर्राष्ट्रिय मञ्चहरुमा निर्वस्त्र अभिनय मञ्चन हुने गरेका छन् । जहाँ कलाकारहरु दर्शककै सामुन्ने आफूलाई निर्वस्त्र पार्छन्, तर कलाकारहरुका लागि यो अनुभव असहज र गाह्रो मानिन्छ ।

यस्ता दृश्य दिने कार्य गाह्रो भए पनि हालै लण्डनका नाटक घरहरुमा मञ्चित नाटकहरु ‘द जुडास किस’ र ‘माइडिडे’ मा निर्वस्त्र दृश्यहरु मञ्चन भएपछि यो विषयमा बहस तिव्र भएको छ ।

ज्याक थर्नको नाटक ‘माइडिडे’ लोकप्रिय स्टुडियो ट्रयाफिल्गरमा मञ्चन हुँदैछ । यस नाटकमा देखाइने बाथरुमको एक लामो दृश्यमा अभिनेत्री फिबी वलर ब्रिज र अभिनेता कायर चाल्र्स निर्वस्त्र भएर बाथ टबमा लामो समय बिताउँछन् ।

अभिनेतृ ब्रिज भन्छिन्, “यो दृश्य नाटकमा जरुरी थियो । निर्देशक ज्याक यस्ता दृश्यहरुमा उत्कृष्ट काम गराउँछन्, त्यसैले मलाई अलिकती पनि संकोच छैन ।”

यसै विषयमा सह अभिनेता चाल्र्स भन्छन्– “यो निर्वस्त्र दृश्य बेडरुममा नभई बाथरुमको व्यवहारिक दृश्य थियो ।”

नाटक माइडिडेमा निर्वस्त्र अभिनय अश्लिल नभइ सुन्दर देखिने कलाकारहरुको भनाई छ ।

यस नाटकको निर्वस्त्र दृश्यलाई कतै दर्शकलाई अश्लिल लाग्ने हो कि भन्ने कलाकारलाई ठूलो डर थियो, तर त्यसो भएन ।

अभिनेतृ ब्रिज भन्छिन्– “हामीलाई त दर्शकहरुबाट दबेको हाँसो वा असहज अवस्थाको सामना गर्नुपर्ला भन्ने लागेको थियो तर, त्यस्तो भएन । यो दृश्य जो कसैको घरमा हुनसक्छ र यति स्वभाविक छ कि दर्शकले पनि त्यसलाई सजिलैसँग बुझ्न सक्छन् ।” उनी थप्छिन्–“यस्ता दृष्यहरुमा दर्शकहरु तनावरहित रहन्छन् ।”

निर्वस्त्र अभिनयले कलाकार र दर्शकका बीचमा बढी ‘जागरुक’ सम्बन्ध बन्ने उनको बुझाई छ ।

उनी अगाडि भन्छिन, “यस्ता दृष्यहरुले पूरै अडिटोरियम जीवन्त हुन्छ साथै कलाकार र दर्शकहरुबीच नयाँ सम्बन्ध विकसित हुन्छ, मेरा लागि यो सुन्दर कुरा हो ।”

कलाकारहरुका अनुसार नाटक विद्यालयहरुमा प्रशिक्षणको अन्तिम वर्ष निर्वस्त्र अभिनयको अभ्यास गराइन्छ । जसले गर्दा पछि नाटकहरुमा यस्ता दृष्य दिनुपर्दा संकोच हराउँछ ।

तर पनि सबै कलाकारहरु निर्वस्त्र अभिनय गर्न मान्दैनन् ।

अर्का अभिनेता टोम केली भन्छन्–“कुरा विश्वासको हो । आफूले गरिरहेको काम कलात्मक छ भन्ने विश्वास र आफ्ना निर्देशकप्रति भरोषा भने हुनै पर्छ ।”

नाटकका यस्ता दृष्य जबर्जस्ती नभएर जरुरी र कलात्मक देखिनु जरुरी रहेको उनी बताउँछन् ।
बीबीसी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>