ब्लगशनिबार, जेठ १३, २०६९
फोटो ब्लग: हङकङका सुरुङमा नेपाली श्रम

बायाँबाट तेह्थुमका घनश्याम लिम्बू, सुनसरीका भुवन लिङ्देन, चितवनका श्याम गुरुङ, धनकुटाका मोहन लिम्बू र भोजपुरका दिनेश राई । सबै तस्बीरहरु: डम्बरकृष्ण श्रेष्ठ
हङकङ सरकारको ढल व्यवस्थापन विभागको बाढी नियन्त्रण परियोजनामा सुपरभाइजर रहेका भुवन लिङ्देन (३४) बेलायतमा १८ महिना पनि अडिन नसक्नुको कारण यही हो । बेलायतको ‘सेक्युरिटी’को जागिर छाडेर अहिले दैनिक १२ घण्टा हङकङको सुरुङमा बिताइरहेका सुनसरीका भुवन भन्छन्, “सुरुङमै काम गर्ने बानी भयो, कमाइ पनि यहीँ राम्रो हुन्छ ।”
हङकङका करिब ३० हजार नेपालीमध्ये ८० प्रतिशतले गर्ने काम भनेको सुरक्षा र निर्माण क्षेत्रमा हो । पहिला सुरुङ परियोजनाहरूमा मजदुरीमा सिमित नेपालीहरू अहिले मेसिन अपरेटरदेखि इञ्जिनियर र व्यवस्थापकसम्म छन् । हाल निर्माणाधीन आधा दर्जन सुरुङमार्गमध्ये फ्रान्सको ड्रागेज र जापानको मिसीमात्सु कम्पनीको चार किलोमिटर परियोजनाका ४०० जनशक्तिमध्ये २५० नेपाली छन् ।
अत्याधुनिक टीबीएम (टनेल बोरिङ मेसिन) पाइलटदेखि इरेक्टर, अपरेटर, सुपरभाइजर र इन्जिनियरसम्म छन्, नेपाली । पहिला यी काम बेलायती र अष्ट्रेलियालीहरूले गर्थे । झमबहादुर गुरुङ, अशोक केसी, नरबहादुर थकाली, युद्धशमशेर मल्ल, श्री थापालगायतका नेपाली टीबीएम पाइलट छन् । राजेन्द्र गुरुङ, विजय गुरुङ, बुद्ध गुरुङ आदि टनेल इञ्जिनियर हुन् । कृष्ण राजभण्डारी निर्माण व्यवस्थापक छन् भने लक्ष्मी लिम्बु मेकानिकल सुपरिटेण्डेन्ट । मानिस र सर–सामान ओसार्ने मिनी रेल चालकमा दुई दर्जन नेपाली छन् । सुरुङमा काम गर्नेहरूले मासिक रु.६ लाखसम्म कमाउँछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
