रमझममंगलबार, फाल्गुण २९, २०६९

समर पहिरन : कुल एण्ड स्टाइलिष्ट

हिमालखबर

युवाभन्दा युवतीहरुसँग पहिरनमा धेरै बिकल्प छन्, जस्तै लेगिङ्स, हाफ पेन्ट, समर कोट, टिसर्ट आदि ।

बढ्दो गर्मीसँगै बिभिन्न स्टाइल र रङ्गका पहिरनमा तन्नेरीहरु सडकमा देखिनथालेका छन् । फेशनलाई महत्व दिनेहरुका लागि यो मौशम उपयुक्त अवशर पनि हो ।
गर्मीमा उज्यालो रङ्गका कपडाले शरिरलाई शितल बनाउँछन् । त्यसैले तन्नेरीहरु त्यस्तै रंगका कपडा रुचाउँछन् । युवाभन्दा युवतीहरुसँग पहिरनमा धेरै बिकल्प छन्, जस्तै लेगिङ्स, हाफ पेन्ट, समर कोट, टिसर्ट आदि ।

लाजिमा आङदम्बे (१९) लाई यो मौशममा स्कर्ट मनपर्छ । जिन्स त सदाबहार भइहाल्यो । उनका भनाईमा जिन्सको ज्याकेट र पैन्ट सबै सिजनमा लगाउन सकिन्छ । रंगमा चाहिँ उनको रुची निलो र गुलाबी रङ्गमा छ ।

मिस टिन नेपाल २०१२ की सेकेन्ड रनरअप आयुष्मा श्रेष्ठ (२०) लाई हलुका र उज्याला रंगका कपडाहरुले शीतल महसूस गराउँछ। सजिलो र सुहाउने पैन्ट, टि–सर्ट पनि उनका मन पर्ने पहिरन हुन्। तस्वीरमा लाजिमाले लगाएको सेतो टि–सर्ट सादा र सोबर लाग्छ भने कालो स्कर्ट जुनसुकै टि–सर्टमा म्याच गर्छ।

कुमारीपाटीस्थित फेशन स्टोर ‘न्यू पिन्च’ का प्रोप्राइटर विमल श्रेष्ठ चाहिं तन्नेरीहरुले अचेल कोरियन स्टाइलका कपडा रुचाउने गरेको बताउँछन्। हाइ–लो टि–सर्ट र स्कर्ट, फ्लेर स्कर्ट, वन पिस ड्रेस (लेगिङ्स लगाउन नपर्ने), डर्टी वश जिन्स, हाफ कोटको माग बढी तथा रातो, क्रिम, सुन्तले, माटो रङ्ग तन्नेरीको रोजाइमा रहेको उनको भनाइ छ।

शब्दः संगम शिल्पकार
तस्वीरः देव्यानी सिवाकोटी
लोकेशनः इण्डेक्स फर्निचर, ललितपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>