समाचारमंगलबार, जेठ १६, २०६९

वरिष्ठ पत्रकार झा अस्पतालमै

सन्त गाहा मगर

त्रिपुरेश्वरस्थित काठमाडौं अस्पतालमा उपचारत् वरिष्ठ पत्रकार चन्द्रलाल झा । तस्बीरः विक्रम राई\हिमालखबर

स्वास्थ्यमा सामान्य सुधार भए पनि चिकित्सकले अझै अस्पतालमै राख्न सल्लाह दिएको झाका छोरा अनिलले हिमालखबरलाई बताए । काठमाडौं गणेशस्थानका ७४ वर्षीय झाको पिसाबमा समेत समस्या देखिएको अनिलले जानकारी दिए ।

दि कमनरबाट पत्रकारिता शुरू गरेका झा मातृभूमि, जन्मभूमि, नेपाल टाइम्सलगायतका पत्रपत्रिकामा आवद्ध रहे । २०२८ देखि २०४२ सालको बीचमा नेपाल टाइम्सको प्रकाशक/सम्पादक भएको बेला उनी १७ पटक पक्राउ परेर साढे सात वर्षजेल परेका थिए ।

राजा महेन्द्रको मन्त्री बन्ने प्रस्तावलाई ठाडै अस्वीकार गरेका झाको पत्रकारिताकै कारण ३१ रोपनी जग्गा पंचायती व्यवस्थाले अध्रिगर्हण गरेको थियो । उनको उपचारमा राज्यले चासो नदेखाएको बताउँदै पत्रकार पुरुषोत्तम दाहाल भन्छन्, “एउटा सशक्त कलमजीवीको उपचारमा राज्यले उदासीनता देखाउनु दुर्भाग्य हो ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>