समाचारआइतबार, जेठ १४, २०६९

राजधानीमा थप ६ हजार सुरक्षाकर्मी तैनाथ

हिमालखबर

महानगरिय प्रहरी आयुक्तको कार्यालयका अनुसार संविधानसभा भवन आसपासमा प्रहरी उपरिक्षकको कमाण्डमा र राष्ट्रपति, उपराष्ट्रपति भवन, सिंहदरबार तथा अन्य विभिन्न चौकहरुमा प्रहरी निरिक्षक तथा प्रहरी नायब निरिक्षकको कमाण्डमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । शहरका विभिन्न स्थानमा शसस्त्र प्रहरी समेत तेनाथ गरिएको छ ।

महानगरिय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक रविराज श्रेष्ठका अनुसार रानीपोखरीस्थित आयुक्त कार्यालयले सबै सुरक्षा निकायहरुसँग समन्वय गरी रहेको छ । उपत्यका वरीपरीका नाकाहरुमा कडाईसँगै आसपासका क्षेत्रका प्रहरी जनशक्तीलाई समेत राजधानी झिकाईएको छ । देशको वर्तमान अन्यौलताको अवस्थामा कुनैपनि किसीमको झडप तथा अपराधिक गतिविधी हुन नदिन सुरक्षा सतर्कता बढाईएको उनले बताए ।

संविधान निर्माणको लागि तोकिएको म्याद सकिने दिन आज १४ जेठको संविधान सभाको बैठक बिहान ११ बजेबाट सुरु हुदैछ । भने दलहरु बिहानैदेखी आन्तरिक छलफलमा जुटेकाछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>