Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संविधान सभाको अन्तिम दिन, सहमति जुटाउने प्रयास जारी, प्रधानमन्त्री-राष्ट्रपतिबीच भेट - Himalkhabar.com

समाचारआइतबार, जेठ १४, २०६९

संविधान सभाको अन्तिम दिन, सहमति जुटाउने प्रयास जारी, प्रधानमन्त्री-राष्ट्रपतिबीच भेट

हिमालखबर

१४ जेठ बिहान ८ बजे भट्टराई राष्ट्रपति भवन पुगेको उनका राजनेतिक सल्लाहकार देवेन्द्र पौडेलले हिमालखबरलाई बताए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित प्रमुख चार राजनीतिक दलको शीर्ष नेताहरूको बैठक १४ जेठ बिहान ९ बजेबाट बालुवाटारमा पुनः बस्ने बताइएको छ । भने शिर्ष बैठक अघि बिहानैदेखी दलहरु आन्तरिक बैठकमा ब्यस्त भएकाछन् ।

प्रमुख राजनीतिक दलहरूबीच खासगरी सङ्घीयताको विषयमा सहमति हुन सकिरहेको छैन् । मध्यरातको बैठकमा सहभागी नेकपा (एमाले) का नेता केपी शर्मा ओलीले चार वर्षसम्म काम गर्दा पनि संविधानसभाबाट संविधान जारी गर्न सकिएन भने जनतामा राम्रो सन्देश नजाने भएकाले १४ जेठ भित्रै संविधान जारी गर्नुको विकल्प नरहेको बताए । सामथ्र्य, पहिचान, नामाङ्कन, सङ्ख्या र सिमाङ्कनका सबै पक्षलाई मिलाएर यसरी जान सकिन्छ भनेर अनेकौं विकल्पसहितको प्रस्ताव प्रस्तुत गरेको भएपनि एमाओवादी र मोर्चाको तर्फबाट भने मधेस र जातीय पहिचान बाहेकका कुरा नआएको ओलीले बताए । ओलीले भने ‘मध्यरातसम्मको अवस्थालाई हेर्दा १४ जेठ भित्रै संविधान जारी हुन्छ भन्ने देखिदैन, तर हामी कोशिस गर्नेछौं । ‘

मधेसी मोर्चाका तर्फबाट सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार संविधान लेखनका क्रममा दलहरूबीच सहमति हुन नसकेका विषयहरू चुनावको प्रक्रियाद्वारा छिनोफानो गर्ने, सिमाङ्कनलगायतका विषय थाती राखेर सङ्घीयताका सवालमा सहमति गरेर १४ जेठमै संविधान जारी गर्ने तथा, विवादित विषयमा सहमति हुन नसकेको अवस्थामा ताजा जनादेशमा जाने तीन विकल्पहरू एमाओवादी र मोर्चाका तर्फबाट प्रस्ताव गरिएको थियो । नेपाली काँग्रेस र एमालेले एमाओवादी र मोर्चाका प्रस्तावलाई अस्वीकार गर्दै उच्चस्तरीय आयोग गठन गरी त्यसको सिफारिसमा प्रदेश निर्माण गर्ने, संविधानसभालाई व्यवस्थापिका–संसदमा परिवर्तन गर्ने र सहमतिमै संविधान जारी गर्न जोड दिदै आएकाछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>