रमझमबिहीबार, चैत्र १, २०६९
सक्कली बद्नाम, नक्कली लोकप्रिय
डा.बाबुराम भट्टराईलाई धेरैले आशलाग्दो नेता मानेका थिए । तर, प्रधानमन्त्री भएपछि उनले लगभग सबै प्रशंशकलाई कटु आलोचक बनाएका छन् । उनकी पत्नी हिसीला यमी झ्नै बद्नाम छिन् । तिनै बाबुराम–हिसीलाको नक्कल गर्ने ज्योती काफ्ले र बिपना बस्नेत भने टेलिभिजन तथा स्टेजहरुमा निकै लोकप्रिय भएर निस्केका छन् ।
यो कलाकार जोडीले बाबुराम–हिसीलाको हुबहु क्यारीकेचर त गर्छन नै, उनीहरुको ‘गेट अफ’ दुरुस्त छ । ज्योती र विपनाको जोडीले टिभि सिरियल तितोसत्यलाई पाँच सातामै नयाँ उचाई दिएको यसका निर्देशक दिपकराज गिरी बताउँछन् । दिपक भन्छन्, “दुई वर्षदेखि नक्कली बाबुराम बनेर एक्लै भड्किरहेका ज्योतीलाई गत भ्यालेन्टाइन्स डेमा विपनासंग जोडी बनाई दिएको, खुब जम्यो ।”
ऋषिराम कट्टेल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
