समाचारआइतबार, जेठ १४, २०६९

दलहरु सहमति नजिक

हिमालखबर

प्रमुख राजनीतिक दलहरूबीच खासगरी सङ्घीयताको विषयमा सहमति हुन सकिरहेको थिएन् । अहिले संघीयताको बारेमा बीचको बाटो रोजेर जाने गरी छलफल अघि बढिरहेको ती नेताले जानकारी दिए ।

उता आजै ११ बजे बोलाइएको संविधानसभाको बैठक अझै बस्न सकेको छैन । बैठक कतिबेला बस्ने भन्ने कुरा बालुवाटारको शिर्ष नेताबीच हुने बैठकले टुङ्गो गर्ने बुझिएको छ ।

संविधान लेखनका क्रममा दलहरूबीच सहमति हुन नसकेका विषयहरू चुनावको प्रक्रियाद्वारा छिनोफानो गर्ने, सिमाङ्कनलगायतका विषय थाती राखेर सङ्घीयताका सवालमा सहमति गरेर १४ जेठमै संविधान जारी गर्ने तथा, विवादित विषयमा सहमति हुन नसकेको अवस्थामा ताजा जनादेशमा जाने तीन विकल्पहरू एमाओवादी र मोर्चाका तर्फबाट प्रस्ताव गरिएको थियो । नेपाली काँग्रेस र एमालेले एमाओवादी र मोर्चाका प्रस्तावलाई अस्वीकार गर्दै उच्चस्तरीय आयोग गठन गरी त्यसको सिफारिसमा प्रदेश निर्माण गर्ने, संविधानसभालाई व्यवस्थापिका–संसदमा परिवर्तन गर्ने र सहमतिमै संविधान जारी गर्न जोड दिदै आएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>