अन्तर्वार्ता/विचारआइतबार, चैत्र ४, २०६९
निर्विकल्प एसएलसी-बराल
परिक्षाको मर्यादा कायम राख्न के–के गरिएको छ ?
कानुनमा उल्लेखित बाहेक थप केहि गरिएन । परिक्षाकेन्द्र वरिपरी भिड नियन्त्रण गर्ने, परिक्षार्थी स्कुल ड्रेसमा आउनुपर्ने, अमर्यादित गतिविधि गर्नेलाई सार्वजनिक अपराधको कारबाही गर्ने, अनियमित काम गर्ने विद्यार्थीलाई निष्कासन नगर्ने केन्द्राध्यक्षलाई कारबाही गर्ने लगायतका तयारी छ । नक्कली परिक्षार्थी भेटिए परिक्षा रद्द गरेर दुई वर्षसम्म परिक्षा दिन नपाउने बनाईने छ । निर्देशिका संसोधन गरेर ३७ बुँदे आचारसंहिता लागु गरेका छौं ।
यस्तो कडाई किन आवश्यक पर्यो ?
नक्कली परिक्षार्थी र अमर्यादित गतिविधि सार्वजनिक अपराधसरह हो भनेर यत्रो प्रचारप्रसार हुँदा समेत छिटफुट अवाञ्छित घट्ना भएका छन् । त्यसैले कानुनमा भएका ब्यवस्थालाई कडाईका साथ लागू गर्नैपर्ने आवश्यकता भयो ।
एसएलसी मर्यादित भएन भने शिक्षा प्रणालीमैं ठूलो प्रश्न उठ्छ । यो परिक्षालाई मर्यादित बनाउन सामाजिक र नागरिक सहयोग पनि आवश्यक भएको छ । हामीले मात्र केहि गर्न सक्दैनौं ।
परिक्षाको पहिलो दिनको राम्रो/नराम्रो प्रतिक्रिया कस्तो आयो ?
देशभरिबाट आएको रिर्पोटिङ अनुसार केही ठाउँलाई छोडेर परिक्षा मर्यादित रह्यो । सप्तरीमा अमर्यादित क्रियाकलाप गर्ने २० र जाजरकोटमा ९ नक्कली परिक्षार्थीलाई कारबाहीमा परेका छन् ।
परिक्षाको मर्यादा कायम नराख्नेलाई विभिन्न कारबाही गर्ने अडान कायम राख्नसक्नुहुन्छ ?
गत वर्षपनि अर्मयादित क्रियाकलाप गर्नेको परिक्षा रद्द वा अनियमितता गर्नेलाई सार्वजानिक मुद्दा लगाउनेसम्मका काम भएकै हुन् । गलत काम रोक्ने अडानलाई कायम राख्नु हाम्रो जिम्मेवारी नै हो ।
विद्यार्थी संगठन र अन्यत्रबाट दबाव आएको छैन ?
कसले भन्ला, परिक्षाको गरिमा घटाऊँ ? यो सार्वजानिक परिक्षा हो, यसको विकल्प पनि छैन । अविभावकहरुलाई आफ्ना छोराछोरी सुसंस्कृत भएको हेर्ने रहर हुन्छ । यो ८० वर्षदेखिको संस्कृति नै बनेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
