रमझमसोमबार, चैत्र ५, २०६९

गर्मी मौसममा मेकअप

हिमालखबर

सोनी भन्छिन्, “सुख्खा मौसममा ओठ फुट्ने हुनाले रेभलनको लिभ बाम पनि लगाउछु ।”

अर्की विधार्थी बिनीता शाहलाई गाजलमा मिस क्लियर लगाउन मन पर्छ । लोटस ब्राण्डको लिपीष्टीक लगाउने उनले गर्मीमा घर बाहिर निस्कदा अनुहारमा ल्याक्मी कम्प्याक्ट पाउडर लगाउँने गरेको बताईन् । गृहिणी सोनम लामा (शाक्य) भने गर्मी मौसममा ड्राई मष्चराइजर, वाटरप्रुफ आइलाइनर र घामबाट जोगीन सन ब्लक क्रिम चलाउँछिन् । गर्मीमा मस्चराइजर क्रिम बढि प्रयोग हुन्छ । धेरै मेकअप नरुचाउने महिलाहरु भने भ्यासलिन क्रिम चलाउँछन् ।

ललितपुर कुसुन्तीको मेरी गोल्ड ब्युटि पार्लरकी ब्युटिसियन शकुन्तला गुरुङ (शिवाकोटी) गर्मी मौसममा अनुहार सफागर्ने क्लिन्जीङ बढि गरिने बताउँछिन् । सुहाउँदो मेकअपका लागि ब्रान्डेड कस्मेटिक्स नै चाहिदैन, तर त्यो प्रयोग गर्नेको छाला अनुसारको हुनुपर्छ । उनका अनुसार, गर्मीमा स्विमीङ गर्दा घामबाट जोगीन सन ब्लक प्रयोग गर्दा राम्रो हुन्छ भने आँखाको सुन्दरताका लागी होममेड गाजल नै प्रयोग गर्न सकिन्छ ।

लोरल फाउण्डेसन रु. ९००
होममेड गाजल
रु. १५०
रेभलन लिभ बाम रु. ५००
मीसक्लियर आइलाइनर रु. २७०
लोटस लिपीष्टिक
रु. ३५०
ल्याक्मी कम्प्याक्ट रु. २०००
रेसलीङ सनब्लक रु.२००
ओरीफिल्म फाउण्डेसन रु. १६००
वाटर प्रुफ ल्याक्मी फाउण्डेसन रु. १५००
बनाना क्रिम रु. १५०–३५०
रेभलन गाजल रु. ३००–९००
सनब्लक रु. १५०–३५०
मष्चराईजर रु. ८०–१२००

शब्द/तस्वीर: देवयानी सिवाकोटी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>