रमझमसोमबार, चैत्र ५, २०६९
‘पान सिंह तोमर’लाई राष्ट्रिय फिल्म पुरस्कार
भारतको राष्ट्रिय फिल्म पुरस्कारका लागि ‘पान सिंह तोमर’ लाई सर्वश्रेष्ठ फिचर फिल्म घोषण गरिएको छ भने इरफान खानलाई मराठी अभिनेता विक्रम गोखलेसँगै सर्वश्रेष्ठ अभिनेता घोषित भएका छन् । त्यसैगरी सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार उषा जाधवले पाउने भएकी छन् ।
फिल्म ‘विकी डोनर’ लाई पूर्ण मनोरञ्जक फिल्मको पुरस्कारका लागि छानिएको छ । यसै फिल्मका लागि अनुकपुरले सर्वश्रेष्ठ सहअभिनेता र डली आहलुवालियाले सर्वश्रेष्ठ सहअभिनेत्रीको पुरस्कार पाउने भएका छन् ।
सर्वश्रेष्ठ पुरुष गायकका लागि शंकर महादेवन छनोटमा परेका छन् । उनले ‘चिटगंग’ फिल्मको गीतका लागि यो पुरस्कार पाउने भएका हुन् ।
बीबीसी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
