समाचारआइतबार, जेठ १४, २०६९

संविधान नबन्ने खतराः उपेन्द्र यादव

हिमालखबर

१४ जेठ दिउँसो बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट बाहिरिएका यादवले कुनै चमत्कार नभए संविधानसभा भंग हुनसक्ने प्रतिक्रिया पत्रकारहरुलाई दिए । “संविधानसभा बन्ने सकारात्मक धारणा पाइनँ” उनले भने, “पहिचान सहितको संघीयतामा सहमति जुट्ने अवस्था देखिएन ।”

तर, त्यसको केही समयपछि बाहिरिएका माओवादी नेता लोकेन्द्र विष्ट मगरले भने संविधान आउनेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएका छन् । अहिले बालुवाटारमा प्रमुख दलहरुको बैठक जारी छ । स्रोतका अनुसार, दलहरुको बैठक अब संविधानसभा परिसरभित्रै गर्ने तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>