अर्थ/बजारआइतबार, जेठ १४, २०६९

राजनीतिक अनिश्चयका बीच शेयर बजारमा उछाल

रमेश कुमार

१४ जेठमा नेप्से परिसूचक १४ दशमलव २८ विन्दुले बढेर ४ सय १२ दशमलव ८७ अंकमा पुगेको हो । १ बजेर ५५ मिनेट जाँदा बजार ४ प्रतिशतले बढेपछि आधा घण्टाका लागि ‘सर्किट ब्रेकर’ नै लगाउनुपरेको थियो ।

बजार विश्लेषक रविन्द्र भट्टराई ‘छिट्टै उत्तेजित हुने लगानीकर्ताको चरित्र’ का कारण बजार बढेको बताउँछन् । उनी भन्छन्, ‘संविधान आउँछ भन्ने अनुमानका आधारमा बजार बढेको हो ।’ तर, कतिपय विश्लेषकहरु भने राजनीतिक उतारचढावका नाममा बजारमा चलखेल गर्नेहरुका कारण शेयर बजार ह्वात्तै बढ्ने र घट्ने गरेको बताउँछन् । आइतबार ‘अन्य’ समूह सबैभन्दा धेरै २३ दशमलव ४९ अंकले बढेको छ । जलविद्युत समूह २१ दशमलव ६४ र बैंकिङ समूह १७ दशमलव ६ अंकले बढेका छन् । विकास बैंक, फाइनान्स कम्पनी, बीमालगायत सबै समूह बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

आइतबार अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ । २ लाख ९१ हजार ९ सय ३१ कित्ता शेयरको कारोबारबाट १० करोड ७३ लाख रुपैयाँ बराबरको किनबेच भएको छ । यो परिमाणको कारोबार रकम औसत भन्दा बढी हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>