Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सन्न्यासको तयारी - Himalkhabar.com

खेलकुदबुधबार, चैत्र ७, २०६९

सन्न्यासको तयारी

हिमालखबर

खेलाडीका रूपमा अझै ‘फिट’ रहेका ६ फिट २ इन्च अग्ला ४४ वर्षीय शाह अब भने छिट्टै सन्न्यास लिने ‘मूड’ मा पुगेका छन्। भन्छन्, “सम्मानजनक बिदाइ हुने साइत हेरेर सन्न्यास घोषणा गर्छु।”

सन् १९९५ मा भारतको मद्रासमा भएको सातौं दक्षिण एशियाली खेलकुद (साग) बाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका शाहकै कप्तानीमा नेपाल सन् १९९९ मा काठमाडौंमा भएको आठौं सागमा सेमिफाइनलसम्म पुगेको थियो। त्यो नै नेपाली भलिबलले अन्तर्राष्ट्रिय क्षेत्रमा पाएको अहिलेसम्मको ठूलो उपलब्धि हो। त्यसयताका चारवटा सागमा पनि उनको सहभागिता रह्यो। सागका संस्करणहरू नियमित हुन्थे भने यतिबेलासम्म थप तीनवटा संस्करणमा उनको सहभागिता थपिने थियो।

अछामको रिडिकोट–१ बाट एसएलसी उत्तीर्ण गरेपछि अध्ययनका लागि बर्दिया झ्रेका र त्यहाँबाट राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै २०४९ सालमा प्रहरी सहायक निरीक्षक (असई) बनेका शाह सबैभन्दा लामो समय राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने नेपाली खेलाडी हुन्।

राष्ट्रिय रेफ्री, राष्ट्रिय प्रशिक्षक (सन् २०११ मा श्रीलंकामा सम्पन्न ‘साउथ–एशियन विच गेम’ मा) भइसकेका शाहले नेपाली टीमलाई सन् २००५ मा बंगलादेशमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण विच भलिबल प्रतियोगितामा प्रथम बनाए। भारत, श्रीलंका र बंगलादेशका टीम सहभागी रहेको त्यो प्रतियोगितामा उनी सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

राष्ट्रिय टीममा पहिलोपटक परेदेखि नै आफूलाई पन्छाउने खेल चलेको शाहको बुझाइ छ। पाँचौं सागको बन्द प्रशिक्षणबाट ६ दिनमै हटाइनुले उनलाई त्यस्तो लागेको हो। उनी सम्झ्न्छन्, “क्याम्पबाट निकालिएपछि राष्ट्रिय खेलकुद परिषद्लाई गुहार्‍यौं, त्यसपछि क्याम्पमा फिर्ता त बोलाइयो, तर कोचसँग मनमुटाव भएको भन्दै छनोटमा पारिएन।” प्रहरी क्लबमा आबद्ध भएपछि आफ्नो खेल निखारिएको र सातौं सागबाट राष्ट्रिय टीममा परेको उनी बताउँछन्।

रामेश्वर बोहरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>