अन्तर्वार्ता/विचारआइतबार, जेठ १४, २०६९
‘उपत्यकाको सुरक्षालाई उच्च प्राथमिकतामा पारेका छौं ’
काठमाडौंको सुरक्षा व्यवस्था कस्तो छ ?
पर्याप्त सुरक्षा व्यवस्था गरेका छौं । पछिल्लो समय देशका विभिन्न भागमा देखिएको विरोध÷समर्थनका कार्यक्रमहरूलाई ख्याल गर्दै काठमाडौं उपत्यकाको सुरक्षालाई उच्च प्राथमिकतामा पारेका छौं । अप्रिय घटना भएको खबर छैन ।
कति जनशक्ति परिचालन भएको छ ?
काठमाडौंमा ५९०० प्रहरी तैनाथ छन् । त्यसमध्ये १५०० संविधानसभा भवन वरपर केन्द्रित गरिएको छ । सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायहरूसँगको समन्वयमा शान्ति व्यवस्था कायम राखिनेछ ।
सुरक्षाको दृष्टिले यसअघिका १४ जेठ र आजमा के कति फरक छ ?
सर्वोच्च अदालतले संविधानसभाको म्याद थप्न नसकिने अन्तरिम आदेश दिइसकेको सन्दर्भमा सुरक्षाको दृष्टिले आज धेरै ध्यान दिनुपर्ने दिन हो भन्ने हामीले बुझेका छौं । संविधानसभा वरपरको अवस्थाले पनि चनाखो भएर बस्नुपर्ने देखाएको छ । पूर्ण सुरक्षाका लागि आवश्यक साधन, स्रोत परिचालन गरेका छौं ।
१५ जेठपछिको सुरक्षा योजना के छ ?
हाम्रो जिम्मेवारी नै निरन्तर शान्ति सुरक्षा बनाइराख्नु हो । कानुनी अधिकार र सरकारको निर्देशन अनुसार १४ जेठपछिको अवस्था आकलन गरेर सबै तयारी पूरा गरिसकेका छौं ।
भनेपछि जनता ढुक्क भएर बस्दा भयो ?
जनताको सहयोग विना प्रहरी एक्लैले केही गर्न सक्दैन । विभिन्न विषयमा पक्ष विपक्षमा तर्कवितर्क भइरहेको सन्दर्भमा सबैलाई विवेकपूर्ण र संवेदनशील भएर प्रस्तुत हुन आग्रह गर्दछु । शान्ति सुरक्षाका लागि प्रहरीको तर्फबाट गर्नुपर्ने सबै काम हामी गर्नेछौं ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
