समाचारआइतबार, जेठ १४, २०६९
संविधान आउने संभावना क्षीण
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको सिंहदरबारस्थित कार्यकक्षमा १४ जेठ बेलुका बसेको मुख्य तीन दल र मधेशी मोर्चाबीचको छलफलमा सहमति जुट्न नसकेपछि संविधान जारी हुने संभावना क्षीण भएको हो । सभामुखको कार्यकक्षमा भएको बैठकका एक सहभागीका अनुसार माओवादी र मधेशी मोर्चाको अडानका कारण संविधान जारी हुन अब निकै गाह्रो भएको बताए ।
छलफलपछि मुख्य दलहरू अब के गर्ने भनेर सिंहदरबारमै आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस नेताहरू सभामुख नेम्वाङकै कार्यकक्षमा बसेर छलफल गरिरहेका छन् ।
दलहरुकोबीचमा संघीयताको बिषयमा कुरा नमिलेपछि संविधान जारी हुनु नै निश्चित भएको एमाले महासचिव इश्वर पोख्रेलले हिमालखवरलाई बताएका छन् । “सहमति भएन अव संधिवान आउदैन त्यसैले अन्य बिकल्पको बारेमा हामी छलफलमा छौँ ।” पोखरेलले भने । नेताहरुका अनुसार अव अर्को चुनावको घोषणा हुने र त्यसको लागि संसदलाई निरन्तरता दिने तयारी भइरहेको छ ।