समाचारआइतबार, जेठ १४, २०६९
संविधानसभा भवन अगाडि तनाव
संविधानसभाको आयु केही घण्टा मात्रै बाँकी रहेको बेला संविधानसभा भवन बाहिर तनाव उत्पन्न भएको छ । १४ जेठ साँझ पुरानो बानेश्वरतर्फो बाटोमा धर्ना दिइरहेका क्षेत्री ब्राम्हण समाजका कार्यकर्ता र प्रहरीबीच तनाव भएको हो ।
धकेला धकेलको अवस्था हुँदा डीएसपी सिद्धिविक्रम शाह र एक प्रहरी जवान घाइते भएका छन् । क्षेत्री समाजका प्रवत्ता कुमार खड्काले चार प्रदर्शनकारी घाइते भएको बताए । प्रहरीका अनुसार त्यहाँको स्थिति सामान्य बन्दै गएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
