Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
किष्ट र भिवोर बैङ्क मर्ज - Himalkhabar.com

अर्थ/बजारबिहीबार, चैत्र ८, २०६९

किष्ट र भिवोर बैङ्क मर्ज

हिमालखबर

८ चैतमा राजधानीमा भएको कार्यक्रममा किष्ट बैङ्कका प्रबन्ध सञ्चालक कमल ज्ञवाली र भिवोर विकास बैङ्कका सञ्चालक डाक्टर रुप ज्योतीले सहमति पत्रमा हस्ताक्षर गरी मर्जर प्रकृया अघि बढाएका हुन् ।

सहमति अनुसार दुवै बैङ्कको सम्पति तथा दायित्वको मुल्यांकन गरेर केही महिनामै मर्जरलाई अन्तिम रुप दिने बताइएको छ । मर्जरपछि ब्याङ्कको नाम किष्ट नै रहने छ । कार्यक्रममा भिवोर बैङ्कका सञ्चालक ज्योतीले किष्टस“ग सहकार्य गरेर खराव कर्जा घटाउने र बैङ्कको विश्वसनियतालाई अझ बढाउने बताए । भाजुरत्न फाइनान्स भिवोरमा गाभेर ज्योती समूह सो ब्याङ्कमा आवद्ध भएको थियो । किष्ट र भिवोर गाभिए पछि ज्योती समूह प्रमुख लगानीकर्ताको रुपमा रहनेछ ।

गुण समुहका सञ्चालक तथा किस्टका पूर्व अध्यक्ष राजेन्द्र शाक्यले आफ्नो नाममा रहेको शेयर ज्योती समूहलाई बेच्नेछन् । किष्ट ब्याङ्कमा शाक्यको करिब २५ प्रतिशत सेयर रहेको छ ।

१७ अर्ब ५८ करोड रुपैया“ कर्जा लगानी गरेको किष्ट बैङ्का देशभर ५१ वटा शाखा रहेका छन् भने भिवोर बैङ्कका ६ वटा शाखा रहेका छन् । मर्जपछि बैङ्कले दुवै तर्फका शाखालाई सेवाग्राहीको चाहना अनुसार स्थानान्तरण गर्ने जनाएको छ ।

३ लाख ६० हजार ग्राहक रहेको किष्ट ब्याङ्कको गत पुस मसान्तको वित्तिय विवरण अनुसार चुक्ता पुँजी रु. २ अर्ब, निक्षेप रु. २० अर्ब ९८ करोड र कर्जा लगानी रु. १७ अर्ब ५९ करोड रहेको छ । भिवोरको भने चुक्ता पुँजी रु. ९१ करोड ६२ लाख तथा निक्षेप रु. २ अर्ब ८६ करोड र कर्जा रु. १ अर्ब ६८ करोड रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>