रमझमसोमबार, चैत्र १२, २०६९

हुईको नेपाली सुर

हिमालखबर

स्वयमसेवी चिनियाँ भाषा प्रशिक्षक भएर बुटवलको कालिका उमाविमा आएकी हुईको योभन्दा महत्वपूर्ण परिचय नेपाली सँगीतको चिनियाँ साधक हो । उनी मञ्चहरुमा पनि जम्न थालेकी छन् ।

“नेपाली गीतसंगीतमा उनको लगाव गम्भीर छ”, बागेश्वरी संगीतालयमा हुईका भोकल प्रशिक्षक सुरेश सेञ्चुरी भन्छन्, “मादल र सारंगी बजाउन पनि सिकिसकिन् ।”

‘सयौं थुंगा फूलका हामी… ’ र अन्य आधुनिकहरु उच्चारणमा कुनै खोट नराखी गाउने हुईलाई चिनियाँ राजदूतावासको समन्वयमा बुटवल आउँदा कहिले समय बित्ला र फर्कुंला भन्ने थियो ।

तर, अब उनलाई समय छिटो सकिएकोमा थकथक लागिरहेको छ । उनले देश फर्किएपछि नेपाली गीतसंगीतको क्षेत्रमा काम गर्ने योजना बनाईसकेकी छन्, तर त्यसका लागि अलि लामो बसाइँको आवश्यकता छ । “गीतसंगीत भनेको आफैंमा एउटा संस्कृति हो”, उनी भन्छिन्, “थोरै समयमा कुनैपनि संस्कृतीको गहिराईमा पुग्न सकिदैन ।”
दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>